युरोपेली प्रतिनिधि समावेश गर्ने विषयमा छलफल भएको जानकारी छैन: जाखारोभा

ड्रागन मिडिया समाचार कक्ष
युक्रेन समाधानसम्बन्धी वार्ताको आगामी चरणमा युरोपेली प्रतिनिधिलाई सहभागी गराउने विषयमा मस्कोमा भएको छलफलका क्रममा कुरा नउठेको रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बताएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले सामाजिक सञ्जाल एक्समा “आगामी वार्ताको दायरा विस्तार गरी युरोपेली साझेदारलाई पनि समावेश गर्न दुवै पक्ष सहमत भएका छन्” भन्ने आशयको टिप्पणी गरेका थिए।
त्यसबारे सञ्चारकर्मीको प्रश्नमा जाखारोभाले रुसी विदेश मन्त्रालयलाई प्राप्त जानकारीअनुसार मस्कोमा अमेरिकी विशेष दूत स्टिभ विटकफ र कुशनरसँग भएको वार्तामा यो विषय छलफल नभएको बताइन्।





