क्युबालाई राजनीतिक र भौतिक सहयोग जारी राख्ने रुसको प्रतिबद्धता

ड्रागन मिडिया समाचार कक्ष
रुसका उपपरराष्ट्रमन्त्री सेर्गेइ र्याबकोभ र क्युबाका प्रथम उपपरराष्ट्रमन्त्री हेरार्दो पेन्याल्भेरबीच नोभेम्बर १३ मा टेलिफोन वार्ता भएको छ। क्युबाको पहलमा भएको वार्तामा दुई देशबीचको सहकार्यका समसामयिक विषयमा छलफल भएको रुसी परराष्ट्र मन्त्रालयले जनाएको छ।
वार्तामा र्याबकोभले क्युबामाथि आर्थिक र सैन्य दबाब दिनु अस्वीकार्य रहेको र अमेरिकाले लगाएको व्यापार, इन्धन तथा वित्तीय नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने रुसको अडान दोहोर्याए।
उनले कठिन परिस्थितिमा रहेको मित्रराष्ट्र क्युबाको नेतृत्व र जनताप्रति रुसको अटल ऐक्यबद्धता तथा समर्थन व्यक्त गरे। हवानालाई आवश्यक राजनीतिक र भौतिक सहयोग निरन्तर उपलब्ध गराउन रुस तयार रहेको पनि उनले बताए।





