राष्ट्र बैंकले तोक्यो आजका लागि विदेशी मुद्राको विनिमयदर

ड्रागन मिडिया सम्वाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा तोकेको छ। युरोको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा तथा बेलायती पाउन्डको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ।
स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, अस्ट्रेलियन डलरको १०६ रुपैयाँ ६१ पैसा र १०७ रुपैयाँ ३ पैसा, क्यानेडियन डलरको १०७ रुपैयाँ ८८ पैसा र १०८ रुपैयाँ ३० पैसा तथा सिङ्गापुर डलरको १२० रुपैयाँ १ पैसा र १२० रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ९४ पैसा र २३ रुपैयाँ ३ पैसा, साउदी रियालको ४० रुपैयाँ ९६ पैसा र ४१ रुपैयाँ १२ पैसा तथा कतारी रियालको ४२ रुपैयाँ २० पैसा र ४२ रुपैयाँ ३६ पैसा तोकिएको छ। थाई भाटको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिरामको ४१ रुपैयाँ ८८ पैसा र ४२ रुपैयाँ ४ पैसा तथा मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ६६ पैसा र ३७ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।
१०० दक्षिण कोरियाली वनको खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३० पैसा, स्विडिस क्रोनरको १५ रुपैयाँ २९ पैसा र १५ रुपैयाँ ३५ पैसा, डेनिस क्रोनरको २३ रुपैयाँ १८ पैसा र २३ रुपैयाँ २७ पैसा तथा हङकङ डलरको १९ रुपैयाँ ६० पैसा र १९ रुपैयाँ ६८ पैसा तोकिएको छ। कुवेती दिनारको खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा, बहराइन दिनारको ४०७ रुपैयाँ ९७ पैसा र ४०९ रुपैयाँ ५६ पैसा तथा ओमानी रियालको ३९९ रुपैयाँ ५१ पैसा र ४०१ रुपैयाँ ७ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकका दर भने फरक हुन सक्नेछन्।





