विश्वभाषा क्याम्पसमा तीन पदका लागि आवेदन आह्वान

ड्रागन मिडिया सम्वाददाता
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वभाषा क्याम्पसले दुई सहायक क्याम्पस प्रमुख र एक विद्यार्थी कल्याण प्रमुख पदका लागि आवेदन माग गरेको छ।
प्रदर्शनीमार्गस्थित क्याम्पस प्रशासनका अनुसार विश्वविद्यालयका आंगिक क्याम्पसमा अध्यापनरत र योग्यता पुगेका शिक्षकले आवेदन दिन सक्नेछन्। नियुक्ति प्रक्रिया “विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी कार्यविधि, २०८१” को विनियम ४४ अनुसार अघि बढाइनेछ।
इच्छुक उम्मेदवारले मंसिर १० गतेभित्र आवश्यक कागजातसहित क्याम्पसमा निवेदन पेस गर्नुपर्नेछ। आवश्यक कागजात तथा नियुक्तिसम्बन्धी थप जानकारी क्याम्पस प्रशासनबाट लिन सकिने सूचनामा उल्लेख छ।





