यमनको मोखा नजिक जहाजछेउ विस्फोट देखिएको बेलायती निकायको भनाइ

ड्रागन मिडिया समाचार कक्ष
यमनको पश्चिमी बन्दरगाह मोखाबाट ६० समुद्री माइल दक्षिणतर्फ एउटा जहाज नजिकै केही विस्फोट देखिएको बेलायतको समुद्री व्यापार सञ्चालन निकायले जनाएको छ। निकायका अनुसार, आइतबार साँझ घटनाबारे सूचना प्राप्त भएको थियो।
ट्यांकरका सुरक्षा अधिकारीले जहाजको नजिकै धेरै विस्फोट देखेको जानकारी दिएको निकायले जनाएको छ। चालकदलका सबै सदस्य सुरक्षित रहेको र वातावरणीय असर नदेखिएको बताइएको छ। विस्फोटको कारण वा यसमा संलग्न पक्षबारे विवरण सार्वजनिक गरिएको छैन।
घटनाबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। उक्त क्षेत्रमा आवतजावत गर्ने जहाजलाई सतर्क रहन र शङ्कास्पद गतिविधि देखिए जानकारी गराउन बेलायती निकायले आग्रह गरेको छ।





