पुटिनसँग छिट्टै फोनवार्ता गर्ने तयारीमा ट्रम्प

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छिट्टै फोनवार्ता हुने बताएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूले पुटिनसँग कुरा भएको छ कि छैन भनेर सोध्दा ट्रम्पले रुसी राष्ट्रपतिसँग फोनवार्ता तय भएको जवाफ दिए। वार्ता कहिले हुनेछ भन्ने अर्को प्रश्नमा उनले “छिट्टै” हुने बताए।
ट्रम्पले वार्ताको मिति वा समय भने खुलाएका छैनन्।





