७ मंसिर २०८३, आईतवार

दरबार हत्याकाण्डकी प्रत्यक्षदर्शी राजकुमारी केतकी चेस्टरको निधन

ड्रागन मिडिया सम्वाददाता

राजा त्रिभुवनकी नातिनी तथा नारायणहिटी राजदरबार हत्याकाण्डकी प्रत्यक्षदर्शी राजकुमारी केतकी चेस्टरको शनिबार निधन भएको छ। उनी राजा त्रिभुवनका कान्छा छोरा अधिराजकुमार बसुन्धरा वीरविक्रम शाह र अधिराजकुमारी हेलेन शाहकी माहिली छोरी थिइन्।

विक्रम संवत् २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको गोलीकाण्डमा चेस्टर आफैँ पनि घाइते भएकी थिइन्। देशसञ्चारका अनुसार उनले घटनाबारे छानबिन गर्न गठित आयोगसमक्ष दिएको बयानमा तत्कालीन युवराज दीपेन्द्रले गोली चलाएको र ढलेका राजा वीरेन्द्रलाई लात्तीले हानेको आफूले देखेको बताएकी थिइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button