७ मंसिर २०८३, आईतवार

मोरङको कानेपोखरीमा अनुमति बिना सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

ड्रागन मिडिया सम्वाददाता

मोरङको कानेपोखरी गाउँपालिकामा अनुमति बिना सञ्चालन भइरहेको बालगृहबाट १४ बालबालिकाको उद्धार गरिएको छ। संयुक्त अनुगमन टोलीले स्थलगत निरीक्षणका क्रममा पाँच बालक र नौ बालिकालाई उद्धार गरेको नेपाल न्युज बैंकले जनाएको छ।

अनुगमन टोलीमा प्रदेश बालअधिकार समिति, राष्ट्रिय बालअधिकार परिषद, कानेपोखरी गाउँपालिकाका बालकल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङका प्रतिनिधि सहभागी थिए।

उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षणमा राखिएको छ। उनीहरूको थप हेरचाह र संरक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button