७ मंसिर २०८३, आईतवार

शपथपछि मुख्यमन्त्री यादवले भने, सबै दललाई सरकारमा सहभागी गराउने प्रयास गर्छु

ड्रागन मिडिया सम्वाददाता

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा सहभागी गराउन छलफल अघि बढाउने बताएका छन्।

आइतबार शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफ्नो नेतृत्वमा सर्वदलीय सरकार गठन गर्ने चाहना व्यक्त गरे। उनले दलहरू सरकारमा सहभागी हुने र निर्धारित समयभित्र प्रदेशसभाबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरेको खबरहबले जनाएको छ।

यसअघि जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button