७ मंसिर २०८३, आईतवार

धरानमा स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

ड्रागन मिडिया सम्वाददाता

सुनसरीको धरानमा प्रहरीले भारतीय नम्बर प्लेटको स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई पक्राउ गरेको छ।

सुनसरी प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार शनिबार राति साढे ११ बजे धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा सवारी जाँच गर्दा बीआर ११ वाई ३०३९ नम्बरको स्कार्पियोबाट गाँजा बरामद भएको हो।

धरानका इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र तिनकुनेस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले चालकलाई नियन्त्रणमा लिएको कान्तिपुरले जनाएको छ। प्रहरीले गाँजा र स्कार्पियो नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button