७ मंसिर २०८३, आईतवार

बाढी विस्थापितको पुनर्स्थापनाबारे सरकारी दाबी र स्थलगत अवस्था फरक रहेको थापाको भनाइ

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी बाढीबाट विस्थापित परिवारको पुनर्स्थापनाबारे सरकारको दाबी र स्थलगत अवस्थाबीच ठूलो अन्तर देखिएको बताएका छन्। आइतबार रसुवाको बेत्रावतीमा विस्थापित परिवारसँग भेट गरेपछि उनले स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार गरी सरकारसँग छलफल गर्ने बताए।

कान्तिपुरका अनुसार विस्थापित परिवारले स्थायी बसोबासको ठाउँ अझै टुङ्गो नलाग्दा अन्योलमा परेको गुनासो गरेका थिए। पुनर्स्थापनालगायतका माग अघि बढाउन उनीहरूले संघर्ष समिति बनाएको जानकारी पनि थापाले पाएका थिए।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेल र विपदपछिको पुनर्स्थापनामा काम गरेका विज्ञहरू पनि थापासँगै नुवाकोट र रसुवाका विस्थापित परिवार बसिरहेका स्थानमा पुगेका थिए। थापाले प्रतिवेदनका आधारमा संघीय र प्रदेश सरकार तथा स्थानीय तहलाई तिनको जिम्मेवारीअनुसार सुझाव दिने बताए।

थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संयोजकत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदले गठन गरेको समितिमा पनि पुनर्स्थापनाको विषय उठाउने बताए। उनले विस्थापितको पुनर्स्थापनामा सरकारलाई आवश्यक सहयोग गर्ने र काममा देखिएका कमजोरीबारे प्रश्न उठाउने प्रतिबद्धता जनाए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button