७ मंसिर २०८३, आईतवार

राष्ट्रिय हितलाई प्राथमिकता दिएर शाहको भारत भ्रमण फलदायी बनाउनुपर्छः प्रदीप पौडेल

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा आन्तरिक राजनीतिक मतभेदभन्दा राष्ट्रिय हितलाई माथि राख्नुपर्ने बताएका छन्। आइतबार फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले भ्रमणबाट नेपालको हितमा ठोस उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गरेका छन्।

देशसञ्चारका अनुसार पौडेलले देशको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि सम्बन्धित राज्य निकाय र राजनीतिक दलसँग आवश्यक परामर्श नगरेको भन्दै सरकारको आलोचना गरेका छन्। यस्तो परामर्श लोकतान्त्रिक मूल्य र संस्थागत अभ्यासका दृष्टिले महत्त्वपूर्ण हुने उनको भनाइ छ।

पौडेलले नेपालले लामो समयदेखि उठाउँदै आएका द्विपक्षीय विषयलाई प्रधानमन्त्री शाहले स्पष्ट अडान र उच्च प्राथमिकताका साथ भारतीय पक्षसमक्ष राख्ने विश्वास व्यक्त गरेका छन्। उनले सार्वभौम समानता, आपसी विश्वास र सम्मानका आधारमा नेपाल र भारतबीचको ऐतिहासिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button