नयाँदिल्लीमा प्रधानमन्त्री शाहलाई सैनिक सलामीसहित स्वागत

ड्रागन मिडिया सम्वाददाता
दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सैनिक सलामीसहित स्वागत गरिएको छ। रातोपाटीका अनुसार भारतका तीनवटै सैन्य सेवाका टुकडीले शाहलाई सलामी दिएका थिए। भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा शाहलाई स्वागत गरे।


प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा नेपाल–भारत सम्बन्धको समीक्षा गर्दै व्यापार, ऊर्जा, पूर्वाधार र यातायात सम्पर्कमा सहकार्य विस्तारबारे छलफल हुने अपेक्षा छ।



भ्रमणका क्रममा शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्। उनी सोमबार साँझ स्वदेश फर्कने कार्यतालिका छ।





