गुल्मीमा खेतमा लत्रिएको तारबाट करेन्ट लागेर युवकको मृत्यु

ड्रागन मिडिया सम्वाददाता
गुल्मीको धुर्कोट गाउँपालिका–५ का २४ वर्षीय ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ। खेतमा सिँचाइ गर्न गएका उनी बेपत्ता भएपछि आफन्त र स्थानीयले खोजी गरेका थिए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार भण्डारी सिमलचौरस्थित खेतनजिकै मृत अवस्थामा फेला परेका थिए। खेतमा सिँचाइका लागि लगिएको बिजुलीको तार पोलबाट लत्रिएको अवस्थामा थियो।
घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ।





