कांग्रेस बन्दसत्रमा चार प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने तयारी

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन बुधबार बन्दसत्रका प्रतिनिधिले चार प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने तयारी गरेका छन्।
सभापति गगनकुमार थापाको राष्ट्रिय पुनर्जागरण र समुन्नतिसम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यसूची छ।
सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार प्रतिनिधिहरूले सोमबारदेखि ती दस्तावेजमाथि निरन्तर छलफल गर्दै आएका छन्। छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि सहभागी छन्।





