२१ आश्विन २०८३, बुधबार

कालो सागरमा मानवरहित जलयानको आक्रमणपछि तेलवाहक जहाजमा आगलागी

ड्रागन मिडिया समाचार कक्ष

लाइबेरियाको झण्डा फहराएको कच्चा तेलवाहक जहाज ‘रियो’माथि कालो सागरको तटीय क्षेत्रमा मानवरहित जलयानबाट आक्रमण भएको रुसी यातायात मन्त्रालयले जनाएको छ। जहाजमा रहेका २३ जना भारतीय नागरिकलाई उद्धार गरिएको छ। प्रारम्भिक जानकारीअनुसार उनीहरू कोही पनि घाइते भएका छैनन्।

आक्रमणपछि जहाजमा खुला आगो बलिरहेको मन्त्रालयले जनाएको छ। आगोको तीव्रता कम भएपछि उद्धार जहाज सुरक्षित रूपमा नजिक पुग्न सक्ने र त्यसपछि मात्र आगो निभाउने काम शुरु गर्न सकिने मन्त्रालयको भनाइ छ।

जहाजमा लागेको आगोका बाबजुद सिरियस सङ्घीय क्षेत्रमा प्रदूषक पदार्थको मात्रा अधिकतम स्वीकार्य सीमाभित्र रहेको त्यहाँका प्रमुख दिमित्री प्लिश्किनले बताएका छन्।

घटनापछि रुसी यातायातमन्त्री आन्द्रेई निकितिनको अध्यक्षतामा आपत्कालीन बैठक बसेको थियो। घटनाको असर व्यवस्थापन गर्न उपलब्ध जनशक्ति र साधन पर्याप्त रहेको मन्त्रालयले जनाएको छ। सोचीका मेयर आन्द्रेई प्रोशुनिनका अनुसार आगलागीका कारण समुन्द्र किनारका पदमार्ग र तटमा सर्वसाधारणको प्रवेश अस्थायी रूपमा रोकिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button