२१ आश्विन २०८३, बुधबार

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली जबराको निवासमा

ड्रागन मिडिया सम्वाददाता

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा पुगेको छ। टोलीले त्यहाँ प्रमाण सङ्कलन गरिरहेको नेपाल प्रेसले जनाएको छ।

विभागको टोली आज दिउँसो जबरानिकट मानिएका नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतलगायतका निवासमा पनि पुगेको समाचारमा उल्लेख छ।

सरकारले सुरक्षा जोखिम रहेको भन्दै गत साता जबरालाई निवासबाट नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको थियो। त्यसक्रममा उनको मोबाइलसमेत प्रहरीले लिएको समाचारमा जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button