२१ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशनमा बिहीबार बिहान १० बजेदेखि मतदान

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। मतदानमा सात हजार २५५ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार वर्षा र प्राविधिक कारणले यसअघि बिहान ७ बजेदेखि हुने भनिएको मतदान तीन घण्टा ढिला हुन लागेको हो। मतदान साँझ ५ बजेसम्म हुनेछ।

निर्वाचन समितिले काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि तथा भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।

मतदान गर्नुअघि प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button