गगन थापा कांग्रेस सभापतिमा निर्विरोध चयन

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्विरोध चयन भएका छन्। सभापति पदका प्रत्याशी किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता लिएपछि थापाको मात्रै उम्मेदवारी कायम भएको हो।
राठौरले बुधबार पत्रकार सम्मेलन गरी पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता लिएको र थापालाई समर्थन गर्ने बताएका थिए। खड्गीले पनि उम्मेदवारी फिर्ता लिएपछि सभापति पदमा प्रतिस्पर्धा नहुने भएको हो। निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेपछि औपचारिक परिणाम घोषणा गर्नेछ।
थापा यसअघि विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेका थिए। १५औँ महाधिवेशनमा उनले नियमित कार्यकालका लागि पुनः सभापति पदमा उम्मेदवारी दिएका हुन्।





