हेलसिन्कीमा बाल्टिक हेरिङ मेला

ड्रागन मिडिया समाचार कक्ष
फिनल्यान्डको राजधानी हेलसिन्कीमा बाल्टिक हेरिङ मेला जारी छ। अक्टोबर ४ देखि १० सम्म सञ्चालन हुने मेलामा स्थानीय समुद्री खाद्य सामग्री बिक्रीका लागि राखिएका छन्। बुधबार बजार चोकमा रहेका पसलमा आगन्तुकहरूको भीड लागेको थियो।
सन् १७४३ देखि चल्दै आएको यो मेला फिनल्यान्डका सबैभन्दा पुराना सार्वजनिक कार्यक्रममध्ये एक हो। माछा मार्ने समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने र विशेषगरी बाल्टिक क्षेत्रमा पाइने हेरिङ माछासहित स्थानीय समुद्री खाद्य सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना हुँदै आएको छ।





