पक्राउ परेका पूर्व गुप्तचर प्रमुख हानिङका कथित सहयोगी डाङ्केसराइटर

ड्रागन मिडिया समाचार कक्ष
जर्मनीका पूर्व गुप्तचर प्रमुख अगस्ट हानिङका पक्राउ परेका कथित सहयोगीको नाम म्यानफ्रेड डाङ्केसराइटर रहेको द डेली टेलिग्राफले जनाएको छ। उनका छिमेकीले उनलाई स्थानीय सोखिया फुटबल टोलीका प्रशिक्षकका रूपमा चिन्छन्।
समाचारअनुसार, ६४ वर्षीय डाङ्केसराइटर दुई सन्तानका पिता हुन्। उनी बाभारिया राज्यको गेरेट्सरिड शहरको सम्पन्न क्षेत्रमा परिवारसँग बस्दै आएका छन्।





