२२ आश्विन २०८३, बिहीबार

भोजपुरमा २४४ किलो ७०० ग्राम गाँजासहित १९ वर्षीय युवक पक्राउ

ड्रागन मिडिया सम्वाददाता

भोजपुरको धिरिङ खोलाको बगरबाट २४४ किलो ७०० ग्राम गाँजासहित १९ वर्षीय एकराज मगर पक्राउ परेका छन्। हतुवागढी गाउँपालिका–९ स्थित खोलाको बगरबाट आमचोक गाउँपालिका–७ का मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले मगरलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट गाँजाका छ बोरा, मोटरसाइकल र मोबाइल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश राईका अनुसार गाँजासम्बन्धी कसुरमा जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

गाँजा खेती तथा ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले गत भदौमा ८२ रोपनीमा लगाइएका ३६ हजार ९० बोट र असोजमा ३४ रोपनीमा लगाइएका नौ हजार ५५० बोट गाँजा नष्ट गरेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button