२२ आश्विन २०८३, बिहीबार

सात वर्षमा १० देशबाट प्लेगका ३ हजार ८६० शङ्कास्पद घटना रिपोर्ट

ड्रागन मिडिया समाचार कक्ष

विश्वका विभिन्न देशमा प्लेगका शङ्कास्पद घटना हरेक वर्ष रिपोर्ट हुने गरेको विश्व स्वास्थ्य सङ्गठनकी महामारी तयारी तथा रोकथाम विभागकी निर्देशक मारिया भान केरखोभले बताएकी छन्।

सङ्गठनको तथ्याङ्कअनुसार, सन् २०१९ देखि २०२५ सम्म १० देशले प्लेगका ३ हजार ८६० शङ्कास्पद मानव सङ्क्रमण र ४२३ मृत्युसम्बन्धी विवरण दिएका छन्। यी विवरणमा ग्रन्थियुक्त र फोक्सोमा असर गर्ने प्लेगका घटना समावेश छन्।

भान केरखोभका अनुसार प्लेग ब्याक्टेरियाबाट हुने रोग हो र एन्टिबायोटिक औषधिबाट यसको उपचार गर्न सकिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button