२२ आश्विन २०८३, बिहीबार

मतदाता सूची पुनरावलोकनको विरोधमा राहुल गान्धीसहित विपक्षी सांसद नियन्त्रणमा

ड्रागन मिडिया समाचार कक्ष

भारतमा मतदाता सूची पुनरावलोकन प्रक्रियाको विरोध चर्किँदा कांग्रेस नेता राहुल गान्धीसहित विपक्षी सांसद बुधबार दिल्लीमा प्रहरी नियन्त्रणमा परेका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका गान्धी दुई दिनभित्र तेस्रोपटक नियन्त्रणमा परेको रोयटर्सले जनाएको छ।

निर्वाचन आयोगको विशेष गहन पुनरावलोकन प्रक्रियामा १३ करोडभन्दा बढी नाम मतदाता सूचीबाट हटाइएको एपीको समाचारमा उल्लेख छ। विपक्षी दलहरूले यसबाट योग्य मतदातासमेत वञ्चित हुन सक्ने र सत्तारुढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने आरोप लगाएका छन्। आयोग र सरकारले भने दोहोरो तथा अयोग्य नाम हटाएर सूची अद्यावधिक गर्ने उद्देश्य रहेको बताउँदै पक्षपातको आरोप अस्वीकार गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button