२२ आश्विन २०८३, बिहीबार

प्रहरीमाथि खुकुरी प्रहारपछि गोली चलाइयो, लुटपाटको आरोपमा तीन पक्राउ

ड्रागन मिडिया सम्वाददाता

काठमाडौं — कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि खुकुरी प्रहार भएपछि गोली चलाइएको काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताएका छन्।

घटनामा घाइते भएका प्रहरी र पक्राउ परेका व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको परिचय तथा घटनासम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको घिमिरेले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button