विवादपछि सम्पन्न राप्रपा प्रदेश अधिवेशनमा रामकुमार थापा अध्यक्षमा विजयी

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अधिवेशनबाट नगरप्रमुख रामकुमार थापा अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदमा भएको प्रतिस्पर्धामा उनले २७० मत प्राप्त गरे।
थापासहित दुर्गा बस्नेत र विश्वमोहन थापा अध्यक्ष पदका प्रत्यासी थिए। बस्नेतले २३९ र विश्वमोहन थापाले ४० मत पाए।
बन्दसत्रमा एक वक्ताले केही सहभागीलाई ‘रक्सी र मासु खाएर आएको’ भन्दै टिप्पणी गरेपछि हलभित्र भनाभन र तनाव भएको थियो। विवादका कारण केही समय अधिवेशनको वातावरण अशान्त बने पनि सहमति जुटेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो।





