२२ आश्विन २०८३, बिहीबार

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

ड्रागन मिडिया सम्वाददाता

साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्रमार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री प्रदान गरेको छ। नेपालका लागि साउदी राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले सहायता सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।

मन्त्री पुनले सहयोगका लागि साउदी नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई देशबीचको मित्रता झल्काएको बताए।

साउदी दूतावासका अनुसार केन्द्रको विशेषज्ञ टोलीले नेपाली निकायसँग समन्वय गरी सामग्री बाढीपीडितलाई वितरण गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button