कांग्रेस महाधिवेशनको मतदान फेरि सर्यो, दिउँसो २:३० बजेदेखि सुरु हुने

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान प्रक्रिया फेरि सरेको छ। तयारी पूरा नभएपछि बिहान १० बजेका लागि निर्धारित मतदान दिउँसो १ बजे सारिएको थियो। त्यतिबेलासम्म पनि मतदान सुरु हुन नसकेपछि प्रक्रिया दिउँसो २:३० बजेका लागि तय गरिएको हो।
केन्द्रीय निर्वाचन समिति सदस्य राजु कटुवालका अनुसार सबैभन्दा ज्येष्ठ महाधिवेशन प्रतिनिधिबाट मतदान सुरु गरिनेछ।





