वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा चार पक्राउ

ड्रागन मिडिया सम्वाददाता
आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४१ वर्षीय योगेन्द्र राउत यादव, २५ वर्षीया एलिसा मधिकर्मी, २९ वर्षीय हरिस सिंह महरा र ४५ वर्षीय राजेशप्रसाद जयसवाल छन्।
प्रहरीका अनुसार यादवले एक जनाबाट तीन लाख, मधिकर्मीले पाँच लाख ५० हजार, महराले १० लाख ९१ हजार र जयसवालले एक लाख ८५ हजार रुपैयाँ लिएका थिए। रोजगारीका लागि पठाइदिने आश्वासनमा रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको उजुरी परेको थियो।
उनीहरूलाई अपराध अनुसन्धानमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





