मोबाइल फोन आयातकर्ता संघको अध्यक्षमा दीपककुमार मल्होत्रा

ड्रागन मिडिया सम्वाददाता
मोबाइल फोन आयातकर्ता संघको दशौँ वार्षिक साधारण सभाले दीपककुमार मल्होत्राको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शमशेर थापा र कोषाध्यक्षमा रक्षितकुमार भिमसारिया चयन भएका छन्। सञ्चालक सदस्यमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेशकुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा रहेका छन्।
नवनिर्वाचित अध्यक्ष मल्होत्राले मोबाइल व्यवसायलाई मर्यादित, पारदर्शी र उत्तरदायी बनाउन तथा व्यवसायीका साझा समस्या समाधान गर्न सरकारी निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
उपाध्यक्ष अग्रवालले अवैध आयात नियन्त्रण, मोबाइल उपकरण व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन, वितरण प्रणाली सुधार र उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।





