२२ आश्विन २०८३, बिहीबार

एमालेले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने

ड्रागन मिडिया सम्वाददाता

नेकपा (एमाले)ले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

भेलामा प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष र उपाध्यक्ष तथा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनेछन्। पार्टीले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ। वडा र पालिका अधिवेशनपछि सातै प्रदेशमा भेला आयोजना गरिने भट्टले बताए।

बैठकमा पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले शपथ लिएकी थिइन्। अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा अध्यक्ष चयन गर्ने जिम्मेवारी सम्बन्धित तल्ला कमिटीलाई दिइएको भट्टले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button