हरिभक्त कँडेल ‘प्रतीक’लाई कार्यवाहक महासचिवको जिम्मेवारी

ड्रागन मिडिया सम्वाददाता
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल ‘गौरव’ले स्वास्थ्य समस्याका कारण नियमित काम गर्न कठिन भएपछि नेता हरिभक्त कँडेल ‘प्रतीक’लाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका छन्। पार्टीका अनुसार कँडेल यसअघि संगठन विभाग प्रमुख थिए।
कँडेल २०३१ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय छन्। २०४२ सालदेखि पार्टीको केन्द्रीय नेतृत्वमा रहेका उनले विभिन्न संगठनात्मक जिम्मेवारी सम्हालेका छन्। जनयुद्धका बेला उनी जनसैन्य ब्युरोको इन्चार्जका रूपमा कार्यरत थिए।
उनले शिक्षक, विद्यार्थी संगठन, युवक संगठन र पार्टीका विभिन्न तहमा काम गरेका छन्। पार्टीले पछिल्ला एकता प्रक्रियाहरूमा पनि कँडेलले भूमिका खेलेको जनाएको छ।





