२२ आश्विन २०८३, बिहीबार

जसपा नेपालका पूर्व उम्मेदवार डा. कृपा चौधरी कांग्रेसमा प्रवेश

ड्रागन मिडिया सम्वाददाता

जनता समाजवादी पार्टी नेपालबाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका डा. कृपा सिन्धुप्रसाद चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेको देउवा नेतृत्वको समूहले जनाएको छ।

चौधरीको प्रवेशले पार्टी संगठनलाई थप मजबुत बनाउने विश्वास उक्त समूहले व्यक्त गरेको छ। प्रवेश कार्यक्रममा कांग्रेस नेता विजय कर्ण र शम्भु चौहान उपस्थित थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button