बाढी प्रतिकार्य र पीडितको पहिचानमा सहकार्यबारे नेपाल–अमेरिका छलफल

ड्रागन मिडिया सम्वाददाता
अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री सुदन गुरुङबीच बाढी प्रतिकार्य तथा बाढीमा प्रभावित अमेरिकी र नेपाली नागरिकको पहिचानका लागि भइरहेका प्रयासबारे छलफल भएको छ।

अमेरिकी दूतावासका अनुसार भेटमा विपद् व्यवस्थापनमा नेपाल–अमेरिका सहकार्यबारे पनि कुराकानी भएको थियो। अमेरिकाले बाढी प्रभावितका लागि ३६ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग अघि बढाएको जनाएको छ।

अमेरिकी उपकरण, प्रविधि र विज्ञताको सहयोगले नेपाली उद्धार तथा प्रतिकार्य टोलीलाई समुदायको पुनर्लाभमा साथ दिइरहेको दूतावासले उल्लेख गरेको छ।





