२२ आश्विन २०८३, बिहीबार

दुर्गा प्रसाईंको ‘नेपाल पथ दल’लाई दर्ता प्रमाणपत्र

ड्रागन मिडिया सम्वाददाता

दुर्गा प्रसाईंले निर्वाचन आयोगबाट ‘नेपाल पथ दल’को दर्ता प्रमाणपत्र पाएका छन्। यसअघि ‘नागरिक बचाउ दल’ नाम रहेको पार्टीको नाम परिवर्तन गरी ‘नेपाल पथ दल’ बनाइएको हो।

पार्टीको औपचारिक घोषणा आगामी मंसिर ७ गते गर्ने तयारी रहेको जनाइएको छ। प्रसाईंले यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणासँग मिलेर दल दर्ता गर्ने तयारी गरेका थिए। मतभेदपछि दुवै अलग भएका छन्। राणाले ‘जय नेपाल पार्टी’ नामको छुट्टै दल दर्ता गराइसकेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button