मार्गनिर्देशन र पहिचान प्रणाली बन्द गर्ने जहाजलाई शत्रु ठान्ने इरानको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष
इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोरको नौसेनाले हर्मुज जलडमरूमध्य पार गर्दा मार्गनिर्देशन र पहिचान प्रणाली बन्द गर्ने जहाजलाई शत्रु मानिने चेतावनी दिएको छ।
नौसेनाको प्रेस कार्यालयले वक्तव्य जारी गर्दै त्यस्ता जहाजलाई “कडा कारवाही” गरिने जनाएको छ।
इरानी नियम उल्लङ्घन गरेर जलडमरूमध्य पार गर्न खोजेका तीनवटा तेलवाहक जहाज समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागी भएको पनि आईआरजीसीले दाबी गरेको छ। उक्त घटना अघिल्लो दिनदेखि भएको उसको भनाइ छ।





