२६ आश्विन २०८३, सोमबार

भोटेकोशी बाढीको ४७ दिनपछि पनि बेत्रावतीमा क्षतिको अवस्था उस्तै

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशीमा बाढी आएको ४७ दिन बितिसक्दा पनि नुवाकोट र रसुवाको सीमाक्षेत्र बेत्रावतीमा क्षतिको अवस्था उस्तै छ। बाढीले पल्टाएका विद्यालयका बस र भत्किएका घरका भग्नावशेष अझै हटाइएका छैनन्।

स्थानीय र विदेशी पर्यटकले नदी वारपार गर्न अस्थायी पैदल पुल प्रयोग गरिरहेका छन्। रसुवाहुँदै लाङटाङ र गोसाइँकुण्ड जाने यात्रुका लागि पनि यही पुल सहारा बनेको छ। बाढीपछि दलदल बनेका केही ठाउँ भने क्रमशः सुक्दै गएका छन्।

आइतबारदेखि बेत्रावतीमा बेली पुल सञ्चालनमा आएको छ। यसले नुवाकोट र रसुवाबीचको आवागमन पुनः सहज बनाएको छ। दसैँ शुरु भइसक्दा पनि बेत्रावतीमा बाढीले छाडेका भग्नावशेष र उजाड दृश्यले विपद्को असर सम्झाइरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button