२६ आश्विन २०८३, सोमबार

खच्च क्षेत्रमा निरन्तर पहिरो, कर्णाली करिडोरको यात्रा जोखिमपूर्ण


ड्रागन मिडिया सम्वाददाता

हुम्लाको सर्केगाड गाउँपालिका–खच्च क्षेत्रमा निरन्तर खस्ने पहिरोका कारण कर्णाली करिडोरको सडक यात्रा जोखिमपूर्ण बनेको छ। स्थानीयका अनुसार दिनमा कम्तीमा एकपटक सुक्खा पहिरो खस्ने गरेको छ।

बलौटे माटो भएको भूभागमा पानी पर्दा पहिरो र मौसम सफा हुँदा सुक्खा पहिरो खस्ने समस्या छ। कुन ठाउँमा कहिले ढुंगा र माटो खस्छ भन्ने अनुमान गर्न नसकिने भएकाले सवारी चालकले तनावपूर्ण अवस्था सामना गर्नुपरेको छ।

चालक हर्कबहादुर बुढाका अनुसार सडक निर्माणअघि घोडेटो बाटो हुँदा पनि यस क्षेत्रमा ढुंगा र माटो खस्ने गर्थ्यो। सडक सञ्चालनमा आएपछि पनि समस्या उस्तै रहेको उनले बताए।

दीर्घकालीन समाधानका लागि जमिनको विस्तृत अध्ययन आवश्यक रहेको बुढाको भनाइ छ। पहिरो पन्छाउन सडक विभागले खच्च क्षेत्रमा एउटा एक्स्काभेटर चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button