२६ आश्विन २०८३, सोमबार

कांग्रेस रूपान्तरणको अभियान जारी राख्ने महरको घोषणा

ड्रागन मिडिया समाचार कक्ष

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टी रूपान्तरणको आफ्नो अभियान पद वा निर्वाचनको परिणाममा सीमित नरहने बताउनुभएको छ। उहाँले नवनिर्वाचित सभापति र पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नुभएको छ।

महरले आफ्नो अभियानमा साथ र विश्वास दिने नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकलाई धन्यवाद दिनुभएको छ। पार्टीको पुनर्निर्माण, राजनीतिक संस्कारमा सुधार र समाजको सकारात्मक परिवर्तनका लागि निरन्तर सक्रिय रहने उहाँले बताउनुभएको छ।

कांग्रेसलाई समयअनुकूल, विचारप्रधान, जनताप्रति उत्तरदायी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै महरले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संस्थागत सुदृढीकरण र आपसी सहकार्यका पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

उहाँका अनुसार राजनीतिक परिवर्तनका लागि नेतृत्वको व्यवहार र कार्यशैलीमा इमानदारी, निष्ठा र जवाफदेहिता आवश्यक छ। पार्टी रूपान्तरणको अभियान निरन्तर अघि बढाउने उहाँले बताउनुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button