२६ आश्विन २०८३, सोमबार

हतियार देखाएर त्रास फैलाएको आरोपमा दुई युवक पक्राउ

ड्रागन मिडिया सम्वाददाता

धनुषा प्रहरीले सामाजिक सञ्जालमा हतियार देखाएर धम्की दिएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१९ का २१ वर्षीय पशुपति पासवानलाई टिकटकमा डरत्रास र धम्की फैलाउने खालको भिडियो राखेको आरोपमा पक्राउ गरिएको हो। ‘काले’ भनेर चिनिने पासवानलाई सोमबार बिहान करिब साढे ८ बजे घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यस्तै, जनकपुरधाम–१३ का करिब १८ वर्षीय सुमन पटेललाई फेसबुकमा खुकुरी देखाएर त्रास फैलाउने आपत्तिजनक तस्बिर राखेको आरोपमा पक्राउ गरिएको छ। उनलाई आइतबार साँझ करिब साढे ५ बजे घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button