२६ आश्विन २०८३, सोमबार

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी माग

ड्रागन मिडिया सम्वाददाता

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले १० दिनको समय दिएर सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार समितिले सचिवालयलाई आगामी कात्तिक ९ गते सार्वजनिक माध्यमबाट सूचना जारी गर्न निर्देशन दिएको छ।

न्यायपरिषद्ले केही दिनअघि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button