२६ आश्विन २०८३, सोमबार

दिल्लीमा प्रदर्शनका लागि जन्तरमन्तर हटाइयो, तीन वैकल्पिक स्थल तोकिए

ड्रागन मिडिया सम्वाददाता

भारतको राजधानी नयाँदिल्लीमा विरोध प्रदर्शन र धर्नाका लागि तोकिएको स्थलको सूचीबाट जन्तरमन्तर हटाइएको छ। त्यसको विकल्पमा रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान तोकिएका छन्।

दिल्लीका प्रहरी आयुक्त अनुराग कुमारले सोमबार जारी गरेको सूचनाअनुसार केन्द्रीय गृह मन्त्रालयले गठन गरेको समितिको सिफारिसका आधारमा यो निर्णय गरिएको हो।

नागरिकलाई विरोध प्रदर्शन र धर्ना गर्ने अधिकारलाई ध्यानमा राखेर समितिलाई वैकल्पिक स्थलको समीक्षा गर्ने जिम्मेवारी दिइएको सूचनामा उल्लेख छ। तीनवटै स्थलमा प्रदर्शन र धर्ना आयोजना गर्नेसम्बन्धी छुट्टाछुट्टै मानक सञ्चालन कार्यविधि जारी गरिने जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button