पूर्वसांसद तथा अर्थशास्त्री विजय पौडेलको निधन

ड्रागन मिडिया सम्वाददाता
पूर्वसांसद तथा अर्थशास्त्री विजय पौडेलको निधन भएको छ। सोमबार कीर्तिपुर अस्पताल लैजाँदै गर्दा उनको निधन भएको हो।
नेकपा एमालेबाट राजनीतिक जीवन सुरु गरेका पौडेल वामपन्थी नेता मोदनाथ प्रश्रितका छोरा हुन्। एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी गठन हुँदा उनले भूमिका खेलेका थिए। पछिल्लो समय उनी नेकपा संयुक्तमा आबद्ध थिए।
अर्थशास्त्रीका रूपमा परिचित पौडेल जनता टेलिभिजन सञ्चालनमा पनि संलग्न थिए।





