२८ आश्विन २०८३, बुधबार

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा

ड्रागन मिडिया सम्वाददाता

नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथी देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। दसैँघर तथा पूजा कोठामा घटस्थापना गरिएको स्थानमा देवीको आह्वान गरी पूजा गरिएको हो।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापबाट भक्तजनलाई मुक्ति दिलाउने भएकाले देवीलाई कुष्माण्डा भनिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। नवरात्रमा कुष्माण्डाको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएको थियो। त्यसपछि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। नवरात्रका नौ दिन शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म नवदुर्गाको पूजा गर्ने परम्परा छ।

कुष्माण्डा देवीको पूजाका अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवतीलगायत शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। उपत्यकाबाहिरका मनकामना, गढीमाई, बागलुङ कालिका, विन्ध्यवासिनी र उग्रतारासहितका शक्तिपीठमा पनि दर्शनार्थी पुगेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button