२८ आश्विन २०८३, बुधबार

युक्रेनसँग गुप्तचर सूचना आदानप्रदान रोकेका छैनौँ : ट्रम्प

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकाले युक्रेनसँग गुप्तचर सूचना आदानप्रदान बन्द नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

अमेरिकाले युक्रेनसँग गुप्तचर सूचना साझा गर्न रोकेको हो भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले भने, “होइन, हामीले रोकेका छैनौँ।”

“हामी उनीहरूलाई सहयोग गरिरहेका छौँ। युद्धको अन्त्यतर्फ पुग्न उनीहरूलाई सघाइरहेका छौँ। हामी युद्ध अन्त्य होस् भन्ने चाहन्छौँ। त्यसैले युद्ध अन्त्यका लागि युक्रेन र रूस दुवैसँग मिलेर काम गरिरहेका छौँ र उनीहरूसँग सूचना साझा गरिरहेका छौँ,” उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button