१३ मंसिर २०८३, शनिबार

विवाहपञ्चमीको निम्तो लिएर जनकपुरधामबाट अयोध्या प्रस्थान

ड्रागन मिडिया सम्वाददाता

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन निमन्त्रणा दिँदै जनकपुरधामबाट ५२ सदस्यीय टोली परम्परागत ६१ वटा भारसहित शनिबार सरयू–कमला एक्सप्रेस रेलमार्फत भारतको अयोध्या प्रस्थान गरेको छ।

विश्व हिन्दु परिषद नेपाल, धनुषाको अगुवाइ तथा जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा गएको टोलीमा नगरप्रमुख मनोजकुमार साह र परिषदका धनुषा अध्यक्ष सन्तोष साहलगायत सहभागी छन्।

भारमा मिठाई, फलफूल, मिथिला परम्पराअनुसार तयार गरिएका परिकार, कपडा तथा विवाहमा आदानप्रदान गरिने विभिन्न सामग्री राखिएका छन्।

नगरप्रमुख साहका अनुसार अयोध्यामा परम्परागत तिलकोत्सव (छेका) सम्पन्न गरी विवाहपञ्चमीमा जन्ती लिएर जनकपुरधाम आउन औपचारिक निमन्त्रणा दिइनेछ।

शनिबारदेखि व्यावसायिक सञ्चालनमा आएको सरयू–कमला एक्सप्रेसमार्फत अयोध्या जाने अवसर प्राप्त भएकोमा साहले नेपाल र भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।

भगवान् राम र सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवको मुख्य समारोह यस वर्ष मंसिर २८ गते हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button