१३ मंसिर २०८३, शनिबार

राष्ट्रिय खेलकुद : महिला टेनिस डबल्समा नेपाल आर्मी विजयी

ड्रागन मिडिया सम्वाददाता

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियामा आयोजित महिला टेनिस डबल्समा नेपाल आर्मीका शिवाली गुरुङ र स्वस्तिका बिष्टको जोडी विजयी भएको छ।

शनिबार सम्पन्न फाइनलमा आर्मीको जोडीले बागमती प्रदेशका प्रज्ना मानन्धर र प्रकृति श्रेष्ठलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

पुरुष एकलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्काले नेपाल आर्मीका प्रणभ खनाललाई पराजित गरेका छन्। त्यस्तै, गण्डकीकै करणबहादुर थापाले बागमतीका निशान श्रेष्ठलाई ६–२ र ६–२ को सोझो सेटमा हराएका छन्।

प्रतियोगिताका सहायक निर्णायक सूर्यभूषण बज्राचार्यका अनुसार पुरुष डबल्सतर्फका खेल जारी छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button