१३ मंसिर २०८३, शनिबार

जनकपुरधाम–अयोध्या रेल सेवा शुरु, पहिलो रेल प्रस्थान

ड्रागन मिडिया सम्वाददाता

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच नियमित रेल सेवा शुरु भएको छ। सरयू–कमला एक्सप्रेसको पहिलो रेल शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको हो।

साप्ताहिक रूपमा सञ्चालन हुने रेल प्रत्येक शनिबार नेपाली समयअनुसार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट छुट्नेछ। रेल भोलिपल्ट आइतबार भारतीय समयअनुसार बिहान ८ बजेर १० मिनेटमा अयोध्या क्यान्ट रेलवे स्टेशन पुग्नेछ।

जनकपुरधामदेखि अयोध्यासम्मको रेल यात्रा पूरा गर्न करिब १९ घण्टा लाग्नेछ।

नियमित रेल सेवाको सञ्चालनले नेपाल–भारतबीच सीमापार यातायात सम्पर्क विस्तार गर्नुका साथै धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।

भगवान राम र सीतासँग जोडिएका दुई ऐतिहासिक धार्मिक शहरबीचको प्रत्यक्ष रेल सम्पर्कलाई तीर्थयात्रा तथा पर्यटन प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button