१३ मंसिर २०८३, शनिबार

सरकार जनताका अधिकार खोस्न उद्यत रहेको दाहालको आरोप

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकार जनआन्दोलन र बलिदानबाट प्राप्त जनताका अधिकार खोस्न उद्यत रहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विगतमा सरकार गठन र विघटनको राजनीतिक गतिविधिमा बढी केन्द्रित हुँदा राष्ट्रिय स्वाधीनता तथा राजनीतिक उपलब्धिमाथि उत्पन्न चुनौतीप्रति पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गरे।

उनले शान्ति सम्झौता, गणतन्त्र, संघीयता, समावेशिता र संविधानसभामार्फत संविधान निर्माणको विरोध गर्ने शक्तिहरू विगतदेखि नै सक्रिय रहेको जिकिर गरे। त्यस्ता गतिविधिप्रति राज्य संयन्त्रले समयमै गम्भीरता नदेखाएको उनको भनाइ थियो।

दाहालले दुईतिहाइ बहुमतको दाबी गर्ने सरकारसमेत विस्थापित हुनुलाई राजनीतिक घटनाक्रमको पूर्वानुमान गर्न नसक्ने राज्य संयन्त्रको कमजोरीका रूपमा टिप्पणी गरे।

उनले वर्तमान सरकारले मजदुर, किसान, सुकुम्बासी, कर्मचारी, विद्यार्थी तथा शिक्षकलाई विभिन्न रूपमा आतंकित पार्ने र दमन गर्ने काम गरिरहेको आरोपसमेत लगाए।

जनताको सार्वभौम अधिकार, आत्मनिर्णयको अधिकार तथा समावेशी प्रतिनिधित्वमाथि हस्तक्षेप भइरहेको जिकिर गर्दै दाहालले लामो संघर्षबाट प्राप्त राजनीतिक तथा सामाजिक उपलब्धिमाथि चुनौती बढेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button