२८ आश्विन २०८३, बुधबार

खजुरामा ३७ वर्षमाथिको रात्रिकालीन फुटबल शुरु, पहिलो दिन तीन टोली विजयी

ड्रागन मिडिया सम्वाददाता

बाँकेको खजुरा गाउँपालिका–४ स्थित मुस्कटवा बाबा मैदानमा ३७ वर्षमाथिका खेलाडीको रात्रिकालीन पाँच–पाँच खेलाडी सम्मिलित फुटबल प्रतियोगिता शुरु भएको छ। ब्रदर्स एफसीले आयोजना गरेको प्रतियोगिताको पहिलो दिनका तीन खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा सङ्गारी एफसी ‘ए’ले शिमलघारी एफसीलाई हरायो। दोस्रो खेलमा एक्स आर्मीले टिचर्स टिमलाई पराजित गर्दा तेस्रो खेलमा आयोजक ब्रदर्स एफसीले भैयापुर एफसीलाई हरायो।

प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’, वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर रोकाय र ब्रदर्स एफसीका कोषाध्यक्ष राकेश पौडेलले गरेका थिए। उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधि सहभागी थिए।

आयोजकले पहिलो दिनका विजेता टोलीलाई बधाई दिँदै आगामी खेलका लागि शुभकामना दिएको छ। प्रतियोगितालाई सफल बनाउन उपस्थित खेलाडी, दर्शक र सहयोगीलाई पनि धन्यवाद दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button